काठमाडौं । प्रदेश नम्बर दुईका ३ जना सांसदले जसपा छाडेका छन् ।
जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन् । जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन् ।
लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैनन ।




