कोशी प्रदेश

अल्पमतमा पुगेका मुख्यमन्त्री आचार्यले भने– विश्वासको मत पाउँछु

काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट आफुले विश्वासको मत पाउने दाबी गरेका छन् ।

एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वको सरकार सत्तालिप्साका लागि नभएर विकासको काम गर्ने भएका कारण विश्वासको मत पाउने दाबी गरेका हुन् ।

धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन गर्दै उनले भने,‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु ।’ उनले भने,‘यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *