काठमाडौं । नेकपा एकिृकत समाजवादी पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ ।
एमाले छाडेर नयाँ दल गठन गरेका माधवकुमार नेपाल नेतृत्वको दलले सदुरपश्चिम प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा इन्चार्ज तोकेको हो ।
प्रदेश नम्बर एकमा घनेन्द्र बस्नेत, प्रदेश नम्बर दुईमा धर्मनाथ साह, बाग्मतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई नेकपा एकिकृत समाजवादीले इन्चार्ज तोकेको हो ।
उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई तोक्ने निर्णय नेकपा एसले गरेको छ । त्यस्तै मोर्चा इञ्चार्जमा डाक्टर विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई जिम्मेवारी दिइएको छ ।




