काठमाडौं । सरकारले भदौ २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ ।
आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन भदौ २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार भदौ २३ गते ४ बजे संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो । मन्त्री कार्कीले भने,‘२३ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ ।’




