राजनीति

संघीय संसद्को अधिवेशन बोलाउने तयारी

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री देउवाले बालुवाटारमा सभामुख सापकोटा, सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

संसद अधिवेशन बोलाउनेबारे छलफल भएको छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको सचिवालयले बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि उठेको जानकारी दिए ।

स्रोतका अनुसार दुईवटा कारणका लागि संसद अधिवेशन बोलाउन अनिवार्य भएको छ । अध्यायदेशलाई निष्कृय पार्न र अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउनका लागि पनि संसद अधिवेशन अनिवार्य बनेको छ । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र यिनै विषयलाई छलफलको विषय बनाएका छन् । अध्यायदेश निस्कृय पार्न र एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड रहेको बुझिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *