राजनीति

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल वालुवाटारमा

काठमाडौं । मन्त्रिमण्डल विस्तार लगाएतका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

शुक्रबार साँझ भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

सरकार गठन भएको झण्डै दुई महिना पुग्नै लाग्दा समेत सरकारलाई पुर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारका बारेमा निरन्तर छलफल गर्दै आएको भएपनि गठबन्धनका बिचमा सहमति हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *