राजनीति

बाग्मती प्रदेशमा एमाले छाड्ने सांसदको संख्या १३ पुग्यो

काठमाडौं । बाग्मती प्रदेशमा नेकपा एमाले छाडेर नयाँ गठन भएको दल नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने सांसदको सख्या १३ पुगेको छ ।

शुक्रबार सांसद मिना ज्ञवालीले प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै एमाले छाड्ने सांसदको संख्या १३ सांसद पुगेको हो ।

यसअघि बाग्मती प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, कृष्ण खनाल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, कुसुमकुमार कार्की, रमा आले, माधव पौडेल, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, वसन्त मानन्धरले नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका थिए ।

एमाले विभाजन भएपछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई भदौ २२ गतेभित्र कुन दलमा रहने टुंगो लगाएर सम्बन्धित निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *