कर्णाली प्रदेश

कर्णालीका १० मध्ये पाँच जिल्लामा मात्र आज कांग्रेसको वडा अधिवेशन

सुर्खेत।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कर्णालीका पाँच जिल्लाका तीन सय १८ वडामा आज शुक्रबार अधिवेशन हुँदैछ । कर्णालीका १० जिल्लामध्ये मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा शुक्रबार अधिवेशन हुन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन तोकिएको छैन । सल्यानमा २१, कालीकोट २२ र रुकुमपश्चिममा २३ भदाैमा वडा अधिवेशन हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *