राजनीति

वैकल्पिक शक्ति बन्ने भनेको विवेकशिल पार्टी फुट्ने संकेत

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्दै आएको विवेकशिल साझा पार्टीमा लफडा शुरु भएको छ ।

बिहिबार बसेको पार्टीको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बिहिबार बसेको विवेकशिल साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको हितविपरितका गतिबिधिमा संलग्न नहुन र समानान्तर गतिबिधि समेत नगर्न भन्दै निर्देशनको अवज्ञा गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै आएको विवेकशील साझा पार्टी विभाजन हुने गतिमा बढेको छ । यसअघि अध्यक्ष मिश्रले राजतन्त्रको वकालत गर्न थालेपछि पार्टीभित्र विवाद शुरु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *