राजनीति

नेकपा एकिकृत समाजवादीको दलको कार्यालय स्थापना

काठमाडौं । एमालेबाट विभाजन गरेर अर्को दल दर्ता गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालय स्थापना भएको छ ।

संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्लेका हुन् ।

यसअघि संघीय संसद सचिवालयले नेता नेपालको दललाई कार्यालय उपलब्ध गराएको थियो । गत आइतबार बसेको नेकपा एकिकृत समाजवादी दलको संसदीय दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *