राजनीति

वडा अधिवेशनबाट दलित प्रतिनिधित्व अनिवार्य गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दलित प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अधिकारप्राप्त सहमहामन्त्री डाक्टर प्रकाशशरण महत र केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले अहिले विद्यमान रहेको व्यवस्था संशोधन गर्दै दलित लगायतको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेका छन् ।

दलितको प्रतिनिधित्व अनिवार्य नगरिएको भन्दै यसअघि कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित संघ र केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

लगत्तै बिहिबार बिहान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वकर्मा र नेता जीवन परियारसँग छलफल गरेका थिए । सभापति देउवाले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने बचन समेत दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *