काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डका बिचमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दा समेत सरकारले पुर्णता नपाएको विषयमा सरकारको आलोचना भइरहेका बेला दुई जना शिर्ष नेताहरुका बिचमा छलफल भएको हो ।




