राजनीति

बहुमत गुमाएकी बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले भनिन्– पार्टी विभाजनका पक्षमा छैन

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन्।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।

’म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन’, मुख्यमन्त्री शाक्यले भनिन् ।

आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् ।

मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने उनले बताइन् ।

मुख्यमन्त्री शाक्यले विभाजित नेकपा एकिकृत समाजवादी पार्टीसँग समेत छलफल गरेर सरकार चलाउने दाबी गरेको भएपनि सम्भव हुने भने देखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *