विराटनगर । अल्पमतमा परेका प्रदेश नम्बर एकका मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने बताएका छन् ।
एमालेबाट विद्रोह गरेर १० जना प्रदेश सांसदहरुले नेकपा एकिकृत समाजवादी दलमा आवद्ध हुने सनाखत गरेपछि अल्पमतमा परेका आचार्यले राजीनामा नदिने भन्दै संसद ‘फेस’ गर्ने बताएका हुन् ।
एमालेका तत्कालिन वरिष्ठ नता माधवकुमार नेपाल समुहमा रहेका तर पार्टी विभाजन हुँदा अध्यक्ष ओलीतर्फ लागेका आचार्यलाई एमालेले मुख्यमन्त्री बनाएको थियो ।
आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको भन्दै उनले भने,‘एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार म विश्वासको मत लिन्छु, राजीनामा दिन्न ।’
अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले आफनै कार्यकक्षमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने दावी समेत गरेका छन् ।




