काठमाडौं । भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्वाचन अधिकृतहरुलाई जिल्ला पठाएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार कांग्रेसको १४ औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाइएको छ । समितिले दिएको जानकारीअनुसार भदौ १८ गतेका लागि वडा तहको अधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।
अन्य जिल्लाको भने क्रियाशिल सदस्यता विवाद समाधान भइनसकेकाले सदस्यताको विवरण समेत सार्वजनिक भएको छैन । सदस्यताको विवाद समाधान नभएका जिल्लाको समेत सदस्यता सार्वजनकि गरेर निर्वाचन अधिकृतलाई पठाउने तयारी कांग्रेसको छ ।




