राजनीति

भदौ १८ गते वडा अधिवेशन शुरु हुन्छ– कांग्रेस महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले भदौ १८ गते वडा अधिवेशन शुरु हुने भन्दै त्यसमै केन्द्रित हुन आह्वान गरेका छन् ।

महाधिवेशनको मिति सर्ने हो कि भन्ने आशंका देखिएका बेला महामन्त्री खड्काले अब महाधिवेशन नहुने भ्रम नराखेर अघि बढ्न आह्वान गरेका छन् । ‘अब कहि कतै भ्रम नरहोस । अन्योल र अलमलमा नपरौँ ।’ ट्विट गर्दै खड्काले भनेका छन् ।

भदौ १८ गते वडा अधिवेशन शुरु हुने र त्यससँगै कांग्रेसको महाधिवेशनको प्रक्रिया समेत शुरु हुने उनको भनाई छ । उनले लेखेका छन्,‘भाद्र १८ गते देखि वार्ड अधिबेशन प्रारम्भ हुन्छ । यो संङ्गै नेपाली काँग्रेसको१४औँ महाधिबेशनको प्रकृया प्रारम्भ हुन्छ ।’

महाविधेशन शुरु हुने भन्दै महामनत्री खड्काले नेता कार्यकर्ताहरुलाई महाधिवेशनमा लाग्न आह्वान समेत गरेका छन् । ‘पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिबेशनरुपि महायज्ञमा जुटौ ।’ उनले भनेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रका रुपमा चिनिने महामन्त्री खड्काले महाधिवेशन तोकिएको मितिमा हुने बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *