काठमाडौं । दल विभाजन गरी नयाँ दल गठन गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले संगठन विस्तारको काम शुरु गरेको छ ।
काठमाडौंमा यसअघि एमाले जिल्ला कमिटिसँग समानान्तर कमिटि बनाएको नेपाल समुहले त्यसैलाई समाजवादी पार्टीमा समायोजन गरेको छ । शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा लगाएतका विभिन्न जिल्लामा नेकपा एकिकृत समाजवादी दलको कमिटि गठन गरिएको छ ।
शनिबारै नेकपा एकीकृत समाजवादी पार्टीको बाग्लुङ जिल्ला कमिटि गठन भएको छ । नेता लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो ।




