काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनसन तोडेका छन् ।
क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग देखाउँदै रिले अनशनमा बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले अनसन तोडेका हुन् ।
अनसनमा बसेका सभापतिहरुलाई नेताहरु कृष्णप्रसाद सिटौला, डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार अबेर पार्टी कार्यालय पुगेर माग सम्बोधन भइसकेकाले अनसन रोक्न आग्रह गरेका थिए ।
पौडेल पक्षका जिल्ला सभापतिहरुको मागका रुपमा क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने लगाएतका माग अघि सारेका थिए ।
यसअघि सभापति तथा प्रधानमनत्री शेरबहादुर देउवासँग सहमति भइसकेर क्रियाशिल सदस्यताको विवरण सार्वजनिक भइसक्दा जिल्ला सभापतिहरु पार्टी कार्यालयमा अनसन बसेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग सहमति गरिसकेर अनसनस्थलमा ऐक्यवद्धता जनाउन पुगेको आलोचना समेत भएको थियो ।




