राजनीति

कांग्रेसको महाधिवेशन तोकिएको मितिमा हुन्छ– डाक्टर महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले १४ औँ महाधिवेशन निर्धारित मितिमै हुने निश्चित भएको बताएका छन् ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै कांग्रेसको महाधिवेशन तोकिएको मितिमा हुने निश्चित भएको बताएका हुन् ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा दाङमा भएको श्रद्धाञ्जलिसभामा सहमहामन्त्री डाक्टर महतले महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।

शुक्रवार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेका बिचमा भएको सहमतिपछि महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *