काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई समेटेर हाइ कमान्ड गठन गरेको छ ।
आज बसेको बैठकले राष्ट्रिय परिषदले पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमान्ड गठन गरेको हो । बनाइएको हो ।
हाइ कमान्डमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् ।
एकीकृत समाजवादीको राष्ट्रिय भेलापछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्ने तयारी समेत नेकपा (एस)को छ ।




