राजनीति

लोसपालाई सरकारमा आउन कसैले भनेकै छैन– महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीले आफुसँग छलफल नगरेको बताएका छन् ।

पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रमपछि स१चारकर्मीहरुलाई प्रतिक्रिया दिदै अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्रीले आग्रह समेत नगरेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने बताए । अध्यक्ष ठाकुरले सत्तारूढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा समेत कुनै छलफल नभएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आगामी साताको शुरुमै सरकार विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *