मुख्य समाचार

संसद पुर्ण कार्यकाल टिकाउन चाहन्छौं– माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन नेकपा (एस) २००६ सालमा स्थापना भएको पार्टीको वर्तनमा स्वरुप भएको दाबी गरेका छन् ।

नयाँ दल गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटिको नामबाट विज्ञप्ती जारी गर्दै अध्यक्ष नेपालले अहिले गठन भएको दल नेकपा (एस) पुरानै पार्टीको निरन्तरता भएको टिप्पणी गरेका हुन् । उनले मदन भण्डारीले अघि सारेको राजनीतिक दर्शनलाई साथमा लिएर अघि बढ्ने समेत बताएका छन् ।

राजनीतिक स्थीरताका लागि प्रतिनिधिसभा पुर्ण कार्यकाल टिकाउन चाहने भन्दै अध्यक्ष नेपालले भनेका छन्,‘ वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा हामी मुलुकमा राजनीतिक स्थिरता कायम गर्न चाहन्छौँ । त्यसका निम्ति चालु प्रतिनिधी सभालाई पूर्ण कार्यकाल टिकाउन चाहन्छौँ ।’

संविधानको रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउनु पार्टीको चाहना रहेको भन्दै अध्यक्ष नेपालले सरकारले सुशासन र पारदर्शितलाई दृढताका साथ अवलम्बन गरोस् भन्ने चाहना राख्ने समेत बताएका छन् ।
यस्तो छ विज्ञप्ती

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *