काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुलाई दक्षिणपन्थी भन्ने कुरा उदेक लाग्दो भएको टिप्पणी गरेका छन् ।
नेकपा एकिकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थी भासमा फसेर आन्दोलन छाडेर भागेको भनेका थिए । अध्यक्ष नेपाललाई लषित गर्दै उपाध्यक्ष रावलले भनेका छन्,‘दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’
दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।
— Dr. Bhim Rawal (@BhimRawal179) August 26, 2021
उपाध्यक्ष रावलसहितका ९ जना नेताहरु अन्तिम समयमा एमालेसँग मिल्नुपर्ने भन्दै माधवकुमार नेपालकोे साथ छाडेका थिए । उपाध्यक्ष रावलले सांसदबाट दिएको राजीनामा फिर्ता गराउन समेत भूमिका खेलेका अध्यक्ष नेपालको अभिव्यक्तीको रावलले आलोचना गरेका हुन् ।




