मुख्य समाचार

माधव नेपालको पक्षमा केन्द्रीय सदस्य र सांसदहरुको संख्या बढेको रामकुमारी झाँक्रीको दाबी

काठमाडौं । प्रस्तावित नेकपा एकिकृत समाजवादी दलकी नेतृ रामकुमारी झाँक्रीले दल दर्ताको निवेदन दिने दिनभन्दा केन्द्रीय सदस्य र सांसदहरुको संख्या बढ्ने दाबी गरेकी छन् ।

दलको विधान र नियमावलीमाथि छलफल गर्न चन्द्रागिरीमा रहेकी नेतृ झाँक्रीले निर्वाचित केन्द्रीय कमिती र सांसदहरुको संख्या बढेको दाबी गरेकी छन् । तर कतिजना बढे भनेर उनले खुलाएकी छैनन् ।

फेसबुकमार्फत उनले भनेकी छन्,‘पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन ? भन्ने राजनीतिक विषयहरूको छलफलमा छौँ । हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ । बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन । निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ । सद्भावको लागि धन्यवाद !’

प्रस्तावित नेकपा एकिकृत समाजवादी दलले एमालेमा निर्वाचित ५८ सदस्य र ३१ सांसहरुको हस्ताक्षरसहित गत बुधबार निर्वाचन आयोगमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेको छ ।

निर्वाचन आयोगले भोलि(बुधबार) हस्ताक्षर गरेका नेताहरुलाई सनाखतका लागि बोलाएको छ । बुधबार साढे ११ बजे आयोगले बोलाएको समयमा नेता नेपाल समुहका सबै केन्द्रीय सदस्य उपस्थित हुनेछन् । उनीहरु मंगलबार बुधबारसम्म काठमाडौंमा चन्दागिरीमा रहनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *