काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष डाक्टर वावुराम भट्टराईले एमालेको दोस्रो पुस्ताका भनिएका नेताहरुले विद्रोही आँट नभएका नेता भनेका छन् ।
माधवकुमार नेपाल समुहमा रहेका तर अन्तिममा अध्यक्ष ओलीका अघि गलेका नेताहरुलाई व्यङ्ग्य गर्दै डाक्टर भट्टराईले ओली सुध्रने कुरा गोरु व्याउनेवस्तै असम्भव रहेको टिप्पणी गरेका छन् । ट्विट गर्दै डाक्टर भट्टराईले भनेका छन्,‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत÷आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ?’
हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र?खै चेत?
— Baburam Bhattarai (@brb1954) August 24, 2021
एमालेभित्र माधवकुमार नेपाल समुहमा रहेका नेताहरु नेता नेपाललाई छाडेर अध्यक्ष ओलीसँगै रहने निर्णय गर्दै एमाले स्थायी कमिटिको बैठकमा सहभागी भएपछि भट्टराईले उमेरले मात्रै विद्रोही चेत नहुने देखिएको टिप्पणी गरेका हुन् ।




