लुम्बिनी प्रदेश

पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ।

सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्यबाट नहटाएको भन्दै सदन चल्न नदिने बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *