राजनीति

बिहीबारसम्म सरकारलाई पूर्णता दिने सत्तारुढ दलको तयारी

काठमाडौँ । सत्तारुढ दलहरूले आगामी बिहीबारसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको प्रस्ताववित नेकपा एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने निर्णयमा सत्तारुढ दलहरू पुगेका हुन् । निर्वाचन आयोग र संसद सचिवालयबाट नेकपा एकीकृत समाजवादीले आधिकारिता पाएपछि मन्त्रिपरिषदलाई पूर्ण दिने एक नेताले बताए ।

निर्वाचन आयोगले आगामी बुधबार केन्द्रीय नेताहरू र सांसदको सनाखत गरेर दल दर्ता गर्ने तयारी गरेको छ । नेपालको दल दर्ता भएसँगै सरकारले पूर्णता पाउने नेताहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *