राजनीति

दल दर्ता स्विकृत हुनासाथ माधवकुमार नेपाल समुह सरकारमा जाने

काठमाडौं । एमाले विभाजन गरेर एमाले समाजवादी दल दर्ताको प्रक्रिया शुरु गरेको माधवकुमार नेपाल समुह सरकारमा सहभागी हुने भएको छ ।
बुधबार एमाले समाजवादी दल दर्ताको निवेदन निर्वाचन आयोगमा दर्ता गरेको नेता नेपाल समुहले दल दर्ता स्वीकृत हुने बित्तिकै सरकारमा सहभागी हुने बताएको छ । नेता नेपाल समुहका नेता राजेन्द्र पाण्डेले दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको पनि बताए । उनले एमाले समाजवादी दलमा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरे ।

एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार, संसद्लाई पटक–पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ओलीसँग पार्टीमा सँगै बस्‍न नसक्‍ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको पाण्डेले बताएका छन् ।

पार्टी एकताका लागि पटक–पटक आह्वान गर्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर नयाँ दल दर्ताको कदम चालिएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *