काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन् ।
यसअघि निवर्तमान मुख्यमन्त्री पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईलाई राजीनामा बुझाएका थिए । प्रदेश प्रमुख प्रसाईले राजीनामा स्विकृत गर्दै शाक्यलाई नियुक्त गरेका थिए । शाक्य पहिलो महिला मुख्यमन्त्री समेत बनेकी छन् ।
केन्द्रमा एमाले विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपाल समुहले अर्को दल दर्ता गरेकै अबस्थामा मुख्यमन्त्री पौडेलले राजीनामा दिएका हुन् ।




