राजनीति

जसपा लोकतान्त्रिक पार्टीकाे अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

साविकको जसपाको महन्थ ठाकुर पक्षले बुधवार आयोगमा दल दर्ताका लागि निवेदन बुझाएको हो । १४ जना कार्यसमिति सदस्य र १४ जना सांसदको समर्थनमा दल दर्ताका लागि निवेदन पेस गरिएको नेता सुरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार ठाकुरको अध्यक्षता साविकको जसपाबाट १४ जनासहित २४ सदस्यीय कार्यसमिति प्रस्ताव गरिएको छ । त्यसैगरी चुनाव चिन्ह साइकल मागिएको छ । वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ ।

केन्द्रीय समिति वा संसदीय दल २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्थासहित बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०६८ जारी भएसँगै ठाकुर समूह नयाँ दल दर्ता प्रक्रिया अघि बढेको हो ।

उपेन्द्र यादवले दलको आधिकारिकता पाएसँगै जसपामा साधारण सदस्यको हैसियतमात्रै बाँकी रहेका महन्थ ठाकुरलाई दल विभाजन अध्यादेशले नयाँ दल खोल्ने अवसर मिलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *