राजनीति

चार पूर्वमाओवादी नेतालाई सांसद पदमा पुनर्वहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतामै कायम रहेर माओवादी केन्द्रको सांसद कायम गरिपाउँ भन्ने चार पूर्वमाओवादी नेतालाई पुनर्वहालीको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदमा पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट दायरकर्ताालाई कारवाही गर्दा स्पष्टीकरणको उचित मौका दिई सांसद पदबाट हटाएको देखिएको सर्वोच्चले ठहर गरेको छ । यस्तै, इजलासमा पेश भएको एमाले अध्यक्ष केपी ओलीको अन्तरपार्टी निर्देशन ९ भन्ने कागजको प्रतिलिपिमा उनीहरु एमालेको केन्द्रीय नेता भएको प्रष्ट भएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *