बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वलीले अज्ञातस्थलबाट प्रेस विज्ञप्ति जारी गरेकी छन् । विज्ञप्तिमा उनले आफू एमालेमै रहेको स्पष्ट पारेकी छन् ।
वलीले गत वैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको कही बेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको हो । वलीले आफू एमालेकै संसदीय दलको सदस्य रहको विज्ञप्तिमा जनाएकी छिन् ।
दाङ निर्वाचान क्षेत्र नम्बर ३ (क) बाट उपनिर्वाचनमा निर्वाचित वलीले गत वैशाखमा आफु राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरकी थिइन् । उनका श्रीमान उत्तरकुमार वलीले चुनाव जीतेको क्षेत्रमा उनको दुर्घटनाबाट मृत्यु भएपछि उप निर्वाचनमा विमलालाई उम्मेदवार बनाइएको थियो । नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्दै अलग भएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।
सोमबार अपरान्ह सार्वजानिक भएको विज्ञप्तिमा सुर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोज्नु कानूनी रुपमा ठीक नभएको उल्लेख गरेकी छिन् । पार्टी विभाजन भएपछि पनि आफू एमाले संसदीय दलमा सहभागी भएको विज्ञप्तिमा लेखिएको छ ।




