राजनीति

सत्ता गठबन्धन कार्यदलको बैठक, माओवादीमै कुरा अड्कियो

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यस्तै जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रकुमार राय सदस्य छन् ।

कार्यदलको बैठकले मन्त्रिमण्डल विस्तारका लागि गठबन्धनमा सामेल दलहरुको सिफारिसबारे छलफल भएको छ । सत्ता गठबन्धनमा सामेल जसपा र माओवादी केन्द्रले अहिलेसम्म मन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । जसपाले मन्त्रीको नाम तय गरे पनि माओवादी केन्द्रले मन्त्रीको सूचि तयार पार्न सकेको छैन ।

माओवादीभित्र सत्ता संघर्षले चरम रुप लिँदा सरकारले पूर्णता पाउन नसकेको कार्यदलका एक सदस्यले बताए । माओवादीमा पूर्वसभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठमध्ये कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् ।

त्यस्तै नेकपा एमालेको माधव नेपाल समूहले भने सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *