राजनीति

सांसदबाट पदमुक्त गराएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *