राजनीति

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवाददेखि, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने बताइएको छ। कांग्रेसले क्रियाशील विवादकै कारण मंगलवार हुने भनी तोकिएको वडा तहको अधिवेशन स्थगित गरिसकेको छ।

यसअघि कांग्रेस सभापति देउवाले मंगलवार क्रियाशील छानबिन समितिबाट प्रतिवेदन बुझेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *