राजनीति

शशांक निवासमा संस्थापन इतर नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ । महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा सोमबार अपरान्ह बैठक सुरु भएको हो ।

बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,डा. रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् ।

आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा छलफल केन्द्रीत भएको एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *