राजनीति

घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनका क्रममा घिमिरेमाथि आक्रमणमा संलग्नलाई कारवाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिनभित्र संगठनको अनुशासनको कारवाही गर्नका लागि निर्देशन दिएको जानकारी दिए । आवश्यक कारवाही गर्न अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेलेलाई पत्र जाने र अनुशासन समितिले आवश्यक कारवाही गर्ने उनले बताए ।

क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने कांंग्रेसको ठहर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *