राजनीति

एमालेको स्थायी कमिटी बैठक भोलि ११ बजे बस्ने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि ११ बजे बस्ने भएको छ । यसैगरी सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा पेस हुने एजेन्डा तय गर्ने छ । यसैगरी पार्टीको आन्तरिक राजनीति र आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा पार्टीको भूमिकाको बारेमा छलफल हुने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *