काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यस अघि विहिबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तताले आजका लागि सारिएको थियो ।
आजको बैठकमा आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद र सरकारमा पठाउने मन्त्रीहरुको नाम बारे छलफल हुने बताएको छ । काँग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाए पनि अन्य नामको टुंगो लाग्न बाँकी रहेको छ ।




