काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको व्यस्तताका कारण बैठक भोलि (शुक्रबार) बस्ने तय भएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक बस्ने स्थान तथ भइसकेको छैन । कांग्रेस १४औँ महाधिवेशको तयारीमा छ । बुधबार सभापति देउवाले कांग्रेसको क्रियाशील सदस्यको नाम फाइनल गर्ने समय तोकिएको थियो ।




