काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छलफल गर्ने छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,“पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवाजीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीका आधारमा हामीले आवश्यक निर्णय गर्छौँ ।”




