राजनीति

एमालेको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।

दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको बैठक आजै २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएपछि स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङले सम्बोधनको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको बताउदै अर्को बैठक भोलि नै बस्ने सक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *