काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको विवेकपुर्ण फैसला भएको प्रतिक्रिया दिएको छ ।
सोमबार सर्वोच्चले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अदालतले रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याएको बताए ।
‘रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम ’ शर्माले भने ।





