राजनीति

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । गण्डकी प्रदेशमा बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा (एमाले)ले सदन अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक १२ बजेसम्म स्थगित गरेका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म सदन एमालेले सदन चल्न नदिने बताएका थियो ।

सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै छलफलमा भाग लिन एमालेलाई सुझाव दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *