राजनीति

कांग्रेसमा साझा उम्मेदवार बनाउने कसरत, केसीले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेटघाट तीव्र बनिरहेको छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संस्थापन इत्तर समूहबाट नेतृत्वमा दावी गरेका नेताहरुबीच सहमति गराएर साझा उम्मेदवार बनाउन शिर्षनेताहरुको बैठक बोलाएका छन् ।

आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा सभापतिका दावेदारहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा.शेखर कोइराला लगायतलाई निम्तो दिइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, सुजता कोइरालालगायतलाई पनि बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *