मुख्य समाचार

अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग सर्वोच्चले संसद् पुनर्स्थापना गर्ने दाबी गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताएका हुन् ।

‘यस पटक अदालतले संसद पुनर्स्थापना मात्रै गर्दैन । अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *