काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् ।
पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ ।
गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।




