काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्व सूचना तथा सञ्चारराज्यमन्त्री विष्टको कोभिडका कारण आइतबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
‘‘उहाँको निधनको खबरले म निकै दुःखी छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन्।
सुर्खेतमा बस्दै आएका विष्टलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनको आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी पश्चिममा लोकप्रिय युवा नेता मानिन्थे ।




