काठमाडौं । गण्डकी प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न विपक्षी दलको गठबन्धन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा विहीबार साँझ भेला भएका छन् ।
बैठकमा सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेता दुर्गा पौडेल छन् । बैठकमा गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा सत्ता गठबन्धनबारे छलफल भइरहेको स्रोतले बताएको छ ।




