राजनीति

प्रदेश २ मा कांग्रेस र माओवादीबाट को–को मन्त्री बन्दैछन् ?

जनकपुर । प्रदेश २ नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा सहभागी हुँदैछन् । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाएका छन् । १० मन्त्रालयमध्ये ५ वटा आफू राखेर ३ वटा कांग्रेस र २ वटा माओवादीलाई दिएको छ ।

कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादवलाई भौतिक पूर्वाधार तथा योजनाको मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश शर्मा ऊर्जा र वीरेन्द्रप्रसाद सिंहलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीलाई आपूर्ति वाणिज्य तथा वातावरण र कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय दिने सहमति भएको छ । संसदीय दलका नेता भारतप्रसाद साहको नेतृत्वमा माओवादी मन्त्रिपरिषद्‍मा सहभागी हुने बताइएको छ । उनलाई आपूर्ति वाणिज्य तथा वातावरण र दिलीप साह वा रामकुमार यादवमध्ये एक जनालाई कानुन मन्त्रालय दिइने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *